सरकारले पाकिस्तानी मोडलमा प्रतिशोधको राजनीति शुरु गर्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको आरोप लगाएका छन् । उनले त्यस्तो मोडेलको अन्त्य यहाँ नहुने टिप्पणी गरेका छन् ।
गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप भएको र त्यस्तै देखिएको बताए ।
ओलीले भने- मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति । यसको अन्त्इ यहाँ हुँदैन । तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन भनेर मैले भनेको छु । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नांगो नाच के हुन सक्छ ?
उनले सरकारले अधिनायक भएर चल्न नहुने बताए ।
अध्यक्ष ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हतकडी लगाउने राजनीति प्रचण्ड र नारायणकाजी श्रेष्ठले शुरु गरेको बताए । उनले यो शुरुआतमात्र भएको भन्दै यसले गम्भीर मोड लिन बाँकी रहेको दावी गरे ।
ओलीले भने- सुनिल शर्माले के गरेका थिए ? सुन तस्करीको उच्चस्तरीय छानबिन होस, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा हतकडी लिएर उनको घरमा पठाइयो । यो के हो भने, हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो ।
स्कुल पढ्दा साथीको चिट चोरेको, प्रमाणपत्र केरमेट भएको जस्ता कुरा समेत उठाएर विरोधीलाई ठेगान लगाउने खेल शुरु भएको उनले बताए ।
उनले अहिले शासनमा रहेका केही मान्छेहरुको कुनै आन्दोलनमा योगदान नभएको र उनीहरुले लोकतन्त्रका लागि लडेका मान्छेहरुलाइृ तर्साउने काम गर्न खोजेको आरोप लगाए । यसघटनालाई सामान्य रुपमा लिन नहुने ओलीको भनाई थियो ।

















मुस्ताङमा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रतिक्रिया