बिहीबार, फागुन ७, २०८२

लुम्बिनीका सामाजिक विकास मन्त्रीले भने- ल्हारक्यालको नियुक्ति रद्द हुनुपर्छ

पवित्र थलोमा विवादास्पद पृष्ठभूमि र विगतमा गैरकानुनी गतिविधिमा अनुसन्धानमा परेका व्यक्तिलाई गरिएको नियुक्ति गलत

मेरोन्यूज २०८० साउन २७ गते १७:४४

बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सिके) गुप्ताले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको नियुक्त रद्द गर्नुपर्ने बताएका छन् । उनले आज सञ्चारकर्मीहरुसँग कुरा गदै लामाको नियुक्ति रद्द गर्नुपर्ने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

लामा विवादित छविको भएकाले नियुक्ति रद्द हुनुपर्ने र लामालाई सिफारिस गर्ने संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले माफी माग्नुपर्ने उनको भनाई छ ।

जनमत पार्टीका नेता तथा मन्त्री गुप्ताले लुम्बिनी जस्तो पवित्र थलोमा विवादास्पद पृष्ठभूमि र विगतमा गैरकानुनी गतिविधिमा अनुसन्धानमा परेका व्यक्तिलाई नियुक्ति गरिनु सरकारको गल्ती भएको बताए ।

लुम्बिनी क्षेत्रबाटै प्रदेश सभा सदस्यमा निर्वाचित मन्त्री गुप्ताले नवनियुक्त उपाध्यक्ष लामाको स्वार्थमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्न खोजिनु गलत भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

लुम्बिनी विकास कोषको शुक्रबार बसेको बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय फिर्ता नभए स्थानीय बासिन्दा कोषको कार्यालय घेराउदेखि चरणबद्ध आन्दोलनमा उत्रिने मन्त्री गुप्ताले चेतावनी दिएका छन् ।

प्रतिक्रिया