‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा भएको जनाएको छ ।
देशका विभिन्न ६ वटा प्रदेशमा सम्पन्न भएको प्रादेशिक ललितकला प्रदर्शनीअन्तर्गत यो अन्तिम प्रादेशिक ललितकला प्रदर्शनी हो । यही फागुन ८ गतेदेखि प्रतिष्ठानको कार्यालय नक्सालमा सुरु हुने प्रदर्शनीमा यसपटक २०० बढी कलाकारका २३० भन्दा बढी कलाकृति समावेश गरिने कार्यक्रम संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए ।
यो प्रदर्शनीलाई ललितकलाकै महोत्सव मानिन्छ । यसअघि माघ १५ गते गण्डकी प्रदेशबाट प्रादेशिक कला प्रदर्शनीको थालनी भएको थियो । झण्डै एक महिनासम्म सञ्चालन हुने प्रादेशिक कला प्रदर्शनीअन्तर्गत भोलिदेखि सुरु हुने बागमती प्रादेशिक ललितकला प्रदर्शनी भने यही फागुन १२ गतेसम्म सञ्चालन हुने संयोजक लामाले जानकारी दिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले स्थानीय निकाय तथा संस्थासँगको सहकार्यमा विगत तीन वर्षदेखि सङ्घीय संरचना अनुसार नै कला प्रदर्शनी सुरुवात गरेको थियो ।
प्रदेशगतरुपमा हुने प्रदर्शनीले रैथाने तथा लोककला प्रवद्र्धनमा सहयोग पुगेको र राउटे, डोम, थारु समुदायका कला पनि बाहिर आएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए ।
प्रतिष्ठानले सङ्घीय संरचना अनुसार सातै प्रदेशमा कला प्रदर्शनीको थालनी गरेको यो तेस्रो पटक हो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले कलामा रुपान्तरण अभियानअन्तर्गत प्रदेशहरुमा कला प्रदर्शनी आयोजना गरिएको र त्यहाँबाट छानिएका कला आगामी जेठ १५ गतेदेखि सुरु हुने राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराइने बताए ।
‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’ भन्ने मूल भावमा रही आयोजना हुने प्रदर्शनीमा कलाको सजावटका सबै काम पूरा भएको र अब उद्घाटन सत्रका काम मात्रै बाँकी रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले बागमती प्रदेशका सबै विधाका कलाकृति अवलोकन गर्न पाइने बताए । वैदेशिक ललितकला प्रदर्शनी अन्तिम चरणमा पुगेकाले आगामी जेठ १५ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनी २०८३ को तयारी सुरु भएको र सोही कार्यक्रममा कलाकारलाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरिने जनाइएको छ ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया