ओलीले भने- ‘संसद् अवरोध एमालेले गरेको होइन’

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले एमालेले संसद अवरोध नगरेको बताएका छन् । उनले एमालेले संसद् चलाउन खोजेको दाबी गरेका छन् । साउन १० यता संसद्को बैठको बेलमा गएर अवरुद्ध गरिरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा पत्रकार सम्मेलनमा ओलीले संसद् चलाउन खोजेको दाबी गरेका हुन् ।
सत्तापक्षले संसद् चल्न नदिएको ओलीको दाबी छ । ‘संसद् अवरोध हुनै हुँदैन, गर्नै हुँदैन । संसद् देश र जनताका लागि काम गर्ने थलो हो । संसद्ले निर्वाध ढंगले काम गर्न पाउनुपर्छ । संसद्ले देश र जनताका पक्षमा बोल्ने, आवाज उठाउने हो,’ ओलीले भने,–‘अहिलेको संसद्को अवरोध तपाईंहरूले देख्नुभएको छ । हामी चलाउन खोजिराख्या छौं । तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर होहल्ला गर्ने ।’
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसद्का दुवै सदनको काम कारबाहीमा अवरोध गरिरहेको बताउँदै अध्यक्ष ओलीले थपे, ‘संसद् अवरोध हामीले गरेको होइन ।’
ओलीले अहिलेको नालायक भष्ट सरकार रहेको आरोप लगाए ।
सुन तस्करीले देशलाई अप्ठ्यारोमा पारेको उनले बताए । मुलुकको अर्थतन्त्र, सुशासन, प्रशासनमाथि प्रहार भइरहेको ओलीको भनाइ छ ।

















एमालेको घोषणापत्र : युवालाई प्रत्येक महिना १० जीबी डाटा
क्यालिफोर्नियाको हिमपहिरोमा परी आठ स्की खेलाडीको मृत्यु
Developing country requires energy of youth, vision of experienced generation: UML Chair
सर्लाहीमा गोली लागेर एक बालक घाइते
मार्सल ल प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
प्रतिक्रिया