बिहीबार, फागुन ७, २०८२

जनमतकी अनिता देवीले लिइन् मन्त्रीको शपथ

मेरोन्यूज २०८० साउन २९ गते १०:४२

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा जनमत पार्टीकी साहलाई मन्त्रीको शपथ खुवाएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।

माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त भएकी हुन् ।

प्रतिक्रिया