वडाध्यक्ष कुट्ने ७ जना एमालेबाट निष्काशित

काठमाडौँ । एमालेको कञ्चनपुर जिल्ला कमिटी सचिवालय बैठकले राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा आक्रमण गर्ने ७ जनालाई पार्टीबाट निश्काशन गरेको छ । उनीहरूलाई पार्टी सदस्य नरहने गरी निष्काशन गरिएको हो ।
साउन २७ गतेको अधिवेशनमा पार्टीका जिल्ला सदस्य तथा भीमदत्त नगरपालिका–१८ का निर्वाचित वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि आक्रमण गरेको आरोपमा ७ जनालाई साधारण सदस्य समेत नरहेनीगरी निष्काशन गरिएको एमाले कञ्चनपुरकी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले जानकारी दिइन् ।
बुढाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालय बैठकले निष्काशनको निर्णय गरेको जानकारी दिएकी छन् ।
बैठकले जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द तथा प्रबिन बोगटी, रोहित कुँवर र नविन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्काशित गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले कुटपिटमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ ।
अधिवेशनको बन्द सत्र चलिरहेका बेला निर्वाचन समितिको निर्णयअनुसार निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटाको काठमाडौंमा उपचार भइरहेको छ ।

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रतिक्रिया