थाहा पाउनुहाेस् तपाईंकाे आजकाे राशिफल

काठमाडाैं । आज भदाै १ गते शुक्रबार । साउन शुक्ल द्वितीया। अगस्ट १८ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आजको दिन नयाँ परियोजनामा काम गर्न सकिनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। मौसमी रोगको चपेटामा पर्न सकिने छ। परिवारमा शुभ कार्यको अवसर मिल्नेछ । यात्रा आदिमा जाने सोच बन्न सक्छ ।
वृष- स्वास्थ्यको कारण आज चिन्तित रहन सकिनेछ। अत्याधिक कामका कारण शारीरिक थकान वा मानसिक तनावले सताउन सक्छ। कार्यक्षेत्रमा आर्थिक अवस्था राम्रो रहनेछ । रोजगारीका नयाँ अवसरहरू प्राप्त हुनेछन्। श्रीमतीसँगको मनमुटाव समाधान हुनेछ ।
मिथुन- अदालतमा चलिरहेको मुद्दामा जित मिल्नेछ, जसका कारण समाजमा हराएको इज्जत मिल्नेछ। व्यापार-व्यवसायमा आज ठूलो साझेदारी सम्झौता हुन सक्छ। परिवारका सदस्यहरुसँगको मनमुटाव समाधान हुनेछ ।
कर्कट- व्यापारमा लाभको सम्भावना छ । कतैबाट ठूलो आर्थिक सहयोग मिल्न सक्छ । आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। श्रीमती तथा सन्तानको स्वास्थ्य बिग्रन सक्छ । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला ।
सिंह- आज केहि महत्वपूर्ण कामहरु सम्हाल्न सकिनेछ । बैंक आदि कर्जामा ठूलो राहत पाउन सक्नुहुन्छ। जसका कारण तपाईको आर्थिक अवस्था राम्रो हुनेछ । नयाँ सम्पत्ति आदि किन्न प्रयास गर्न सक्नुहुन्छ। व्यापार–व्यवसायमा नयाँ सम्झौता हुनसक्छ । परिवारमा सबैको सहयोग मिल्नेछ ।
कन्या- आजको दिन उतार चढावले भरिपूर्ण रहनेछ। सन्तान तथा उनीहरुसँग सम्बन्धित समस्याका कारण मानसिक रुपमा विचलित रहनुहुनेछ । आर्थिक स्थितिमा गिरावट आउनेछ। श्रीमती तथा सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला ।
तुला- ठूलो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ। परिवारमा कसैकाे स्वास्थ्यमा समस्या आउन सक्छ। व्यापार–व्यवसायमा ठूलो लगानी गर्न सकिनेछ ।
वृश्चिक- श्रीमतीसँग झगडा हुन सक्छ। सासुरा पक्षका कारण घरमा केही पारिवारिक समस्या आउन सक्छ। सम्बन्ध जोगाउन विवादबाट टाढा रहनुहोला। व्यापार–व्यवसायमा साथीभाइबाट राम्रो सहयोग मिल्नेछ, जसका कारण काममा सफलता मिल्नेछ । आर्थिक स्थितिमा बल मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। परिवारमा कसैको दुखद समाचार प्राप्त हुन सक्छ।
धनु- आज लामाे यात्रामा जाँदा होसियार रहनु होला । आर्थिक अवस्था पनि बिग्रन सक्छ । व्यवसायमा साथी वर्गबाट विरोधको सामना गर्नुपर्ने हुन सक्छ। परिवारमा पैतृक सम्पत्तिको बाँडफाँड हुन सक्छ।
मकर- केहि नयाँ गर्न साेस आउनेछ । नयाँ कामका लागि ठूलो कार्य योजना बन्नेछ । आर्थिक स्थितिमा सुधार आउनेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। परिवारमा शुभ कार्यको सम्भावना रहनेछ ।
कुम्भ- आज तपाईको मनोकामना पूरा हुनेछ । बच्चाहरुसंग समय बित्नेछ। व्यापार व्यवसायमा लाभको स्थिति रहनेछ । परिवारमा मान सम्मान बढ्नेछ।
मीन- दिन शुभ रहनेछ । आम्दानीको क्षेत्रमा ठूलो सफलता मिल्नेछ। विशेष व्यक्तिको माध्यमबाट ठूलो काममा साझेदार बन्न सकिनेछ । व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । आज नयाँ घर, सवारी साधन खरिद गर्ने योजना बन्ने छ । घरपरिवारमा श्रीमती र सन्तानसँग केही मतभेद हुन सक्छ।
















फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया