सदन खुलाउन प्रमुख सचेतकहरुसँग सभामुखको छलफल
मेरोन्यूज
२०८० भदौ ३ गते १२:४८

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्नु पूर्व सभामुख देवराज घिमिरेले विभिन्न पार्टीका प्रमुख सचेतकसँग छलफल गरेर संसद्को अवरोध हटाउन पहल थालेका छन् । आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक पूर्व दलका प्रमुख सचेतकसँग घिमिरेले छलफल गरिरहेका छन् ।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी भएका छन्।
साढे ६० किलो सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने जिकिरसहित प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्मा अवरोध गरिरहेको छ।
अवरोधबीच आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
सम्बन्धित

















बुधवारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बङ्गलादेशका प्रधानमन्त्री रहमान र नेपालका परराष्ट्रमन्त्री शर्मा बिच भेटवार्ता, निर्वाचन सफलताको कामना
आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन खेल हुँदै
स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
प्रतिक्रिया