विवाह बन्धनमा बाँधिए फुटबलर विमल घर्तीमगर

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर विवाह बन्धनमा बाँधिएका छन्। पाँच वर्षदेखि प्रेमसम्बन्धमा रहेका विमल र उनकी प्रेमिका लिना प्रधान विवाह बन्धनमा बाँधिएका हुन्।
विमलले आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नी प्रेमिकासँगको विवाहको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरो हिजो आज र सँधैभरि । र उनी अरु कोही होइनन् मेरी अर्धाङ्गिनी।’
विमलले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत दशरथ रंगशालामा भएको पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि खेलमा गरेको गोल लिनालाई नै समर्पण गरेका थिए।
विमल हालसालै मात्र एफसी कप छनोट खेलेर भारतबाट फर्किएका हुन्। एन्फा एकेडेमीका उत्पादन उनी केही समय चोटग्रस्त रहेका थिए।
विमल माल्दिभ्समा फुटबल खेल्न जाँदा पहिलोपटक लिनासँग उनको भेट भएको थियो । लिना हाल युएईमा वैदेशिक रोजगारीमा छिन् । छुट्टीमा नेपाल आएकी लिना दुई तीन दिनमा युएई फर्कने तयारीमा छिन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया