दिउँसै भक्तपुरको बाल सुधारगृहको ढोका फोडेर १५० बढी बालबालिका फरार

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहको ढोका फोडेर सोमबार दिउँसै अपराधमा मुछिएका कम्तीमा १ सय ५० जना बालबालिका तथा किशोरहरू फरार भएका छन् ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले फरार भएको बताउँदै उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको जानकारी दिए । आइतबार त्यो बालसुधार गृहमा एक बालकको मृत्यु भएपछि आफन्तले गेटमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले तोडफोड पनि गरेका थिए ।
त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिदैँ प्रदर्शनमा सामेल भएका थिए ।
सुधार गृहमा २५६ जना बन्दी रहेकोमा अहिले ३२ किशोरी र केही बालकहरू मात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए ।
फरार रहेकामध्ये केहीलाई भने पक्राउ गरिएको र अन्यको खोजी कार्य जारी गरेको प्रजिअ रिजालले जानकारी दिए । फरारहरूको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
















सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि २७ सम्म
डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि
फोटोनको धनगढीमा क्षेत्रीय ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया