आइतबार, चैत १५, २०८२

महिला टि–ट्वान्टी आई सिरिज : आज नेपाल र कुवेत भिड्दै

मेरोन्यूज २०८० भदौ ६ गते ९:२०

काठमाडौँ । मलेसियामा जारी चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै छ ।

Advertisement
nepal life insurencenepal life insurence

खेल मलेसियाको बायोमास ओभलमा हुनेछ । नेपाली समय अनुसार, नेपाल र कुवेतबीचको खेल मध्यान्ह पौने १२ बजेबाट सुरु हुनेछ ।

आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ ।

नेपालले सिरिजको पहिलो खेल जितेको छ । मंगलवार हङकङलाई नेपालले ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया