बुधबार, फागुन ६, २०८२

मन्त्री किराँतीको बुवालाई प्रधानमन्त्री र मन्त्रीहरुले दिए श्रद्धान्जली

मेरोन्यूज २०८० भदौ ६ गते ९:३७

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको बुवा हर्कवहादुर राईको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्री किराँतीका पिता हर्कबहादुर राईको उपचारका क्रममा आज बिहान पौने ५ बजेतिर काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर अहिले पूल्चोकस्थित मन्त्री क्वार्टरमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीहरु पुगेर राईको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गरेका छन् ।

राईको अन्तिम सस्कारको काम भने गृहजिल्ला भोजपुरको ओख्रेमै लगेर गरिने भएको छ । राईको इच्छाअनुसार दाहसंस्कारका लागि उनको पार्थिव शरीर उनकै घर रहेको भोजपुरको ओख्रे लगिने भएको हो।

त्यसको तयारी गरुन्जेल पार्थिव शरीर पुल्चोकस्थित सरकारी निवासमा राखिएको हो । पूल्चोकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, सहरी विकासमन्त्री सीता गुरुङ लगायतले पुगेर श्रद्धान्जली अर्पण गरिसकेका छन् । अरु मन्त्रीहरु पनि पुग्ने र बाहिरने क्रम जारी रहेको मन्त्री किराँतीको सचिवालयले जानकारी दिएको छ।

सचिवालयले भनेको छ, ‘बुवाको अन्तिम इच्छाअनुसार दाह संस्कारका लागि बुवाको पार्थिव शरीरलाई गाउँ लाने तयारी भइरहेको छ। तयारी पूरा नहुन्जेलसम्मको लागि सरकारी निवास पुल्चोकमा बिहानको ११ बजे राखिने जानकारी गराइन्छ।’

प्रतिक्रिया