सोमबार, फागुन ४, २०८२

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

मेरोन्यूज २०८० भदौ ७ गते १३:५६

काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने बताइएको छ ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् । निर्वाचन नहुँदा यी समितिका बैठक जेष्ठ सदस्यको नेतृत्वमा संचालनमा हुँदै आएको छ ।

यसअघि नेकपा (एमाले)३, नेकपा (माओवादी केन्द्र) २, नेपाली कांग्रेसले ४, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले १ /१ समितिको सभापति पाउने गरी दलहरुबीच सहमति भएको छ।

प्रतिक्रिया