कोशीमा उफार्ने पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन् : ओली
जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर मान्छे उफार्ने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल भएको आरोप लगाएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले कोशीमा उत्पात मञ्चाईरहेको आरोप लगाएका हुन् । कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने र कहिले असम्वैधानिक रुपमा सरकार निर्माण गर्ने जस्ता काममा प्रचण्ड माधव नेपाल लागेको ओलीको आरोप छ ।
‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन् । पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् । जातियताका नाममा उफ्रनेहरू किरात, राई लिम्बु छन् । उफ्रने उनीहरू छन् उफार्ने पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन् ।’ ओलीले भने ।
नुवाकोटमा साढे जुधाए झैँ जनतालाई उनीहरुले अहिले जुधाइरहेको ओलीको आरोप छ । ‘साँढेको केही दुस्मनी हुँदैन । तर जुधाएर साँढेको सिङ भाँच्चिन्छ भनि ताली पड्काउँछन् । जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्’, ओलीले भने ।



















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रतिक्रिया