कोशीमा एमालेकै सरकार बन्छ, मज्जाले चल्छ : ओली

बिराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेकै सरकार फेरि बन्ने जिकिक गरेका छन् । कांग्रेस जस्तो पूरानो पार्टीले सम्वैधानिक प्रक्रिया मिच्ने काम गर्न नहुने भन्दै अहिले बलजफती गरेपनि कोशीमा एमालेकै सरकार बन्ने ओलीले बताएका हुन् ।
शनिबार सिराहामा चल्ने पार्टीको केन्द्रीय सचिवालय बैठकमा भाग लिनका लागि आज विराटनगर पुगेका एमाले अध्यक्ष ओलीले बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै त्यस्तो बताएका हुन् ।
‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेले कोशीमा मजाले सरकार चलाउँछ’ कोशीको सत्ता सकंटकबारे ओलीले सञ्चारकर्मीहरुसँग भने,–‘सरकार चलाउन त ४७ (बहुमत) पुर्याउनु पर्ला नि । ४७ होइन, ५० भन्दा माथि जान्छ ।’
ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको आरोप लगाए ।
‘सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेको छ । कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरको, संविधान मिच्ने ?’ ओलीले भने ।
हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको बताउँदै ओलीले भने, ‘कांग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम ।’
















Forest fire prevention campaigns initiated in Bhojpur
गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने
९५५ केजी गाँजासहित दुई जना पक्राउ
Hridayachandra Memorial Award conferred on Ram Binaya
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
प्रतिक्रिया