धरान घटनाबारे कांग्रेस : धार्मिक सद्भाव भड्काउने गतिविधि जनताको हितमा हुन्न

काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो सत्ता साझेदार दल नेपाली कांग्रेसले धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि जनताको हितमा नहुने बताएको छ । धरानमा जातीय र धार्मिक विवाद बढ्दै गएपछि उत्पन्न घटनाक्रमबारे शनिबार अपिल जारी गर्दै कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुयाउने काम राम्रो नभएको बताए।
‘नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुयाई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन,’ देउवाले अपिलमा लेखेका छन्, ‘साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुयाउन पनि उचित हुँदैन।’
समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भावको काममा जुट्नसमेत देउवाले अपिलमार्फत सबैलाई आग्रह गरेका छन् ।
‘यस विषयको संवेदनशीलतालाई मध्येनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ अपिलमा लेखिएको छ ।
देउवाले यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने बताएका छन् । घटनाले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता भएको देउवाले अपिलमा लेखेका छन् ।


















नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया