शनिबार, माघ २४, २०८२

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मेरोन्यूज २०८० भदौ १२ गते १२:५४

झापा । मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको आज बिहान पूर्व–पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो ।

डा यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को ट्रिपरले ठक्कर दिँदा घाइते भएपछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा उनको मृत्य भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए । घर पुगेर हस्पिटलको ड्यिुटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया