पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामाबाद उच्च अदालतको आदेश

काठमाडौँ । इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानविरुद्ध सुनाइएको सजायमाथि रोक लगाएको छ । तोशाखाना भ्रष्टाचार मुद्दामा इस्लामाबाद उच्च अदालतले खानमाथि लगाइएको सजायमा रोक लगाएको हो ।
अदालतले खानलाई धरौटीमा छाड्न आदेश दिएको छ । पाकिस्तानका समाचार एजेन्सीहरूका अनुसार सोमबार इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीश अमिर फारूक र न्यायाधीश मेहमूद जहाँगिरीको इजलासले खानको पुनरावेदनमा सुनुवाइ गर्दै ट्रायल कोर्टको फैसला उल्ट्याएको हो ।
मुख्य न्यायाधीश फारूकले अहिलेलाई इमरान खानको आग्रह स्वीकार गरिएको पत्रकारहरूलाई बताएका छन् ।
पीटीआई प्रमुख खानका कानुनी सहयोगी नइम हैदर पन्जोथाले समेत आफूहरूको आग्रह अदालतले स्वीकार गरेको बताए ।
खानलाई गत अगस्ट ५ मा तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै इस्लामाबाद ट्रायल कोर्टले ३ वर्ष जेल सजाय सुनाएको थियो। अदालतको आदेशसँगै खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरिएको थियो ।
अदालतले सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ (पाकिस्तानी रुपैयाँ) जरिवाना हुने फैसला सुनाएको थियो ।

















21 motorable bridges constructed in eight years in Parbat
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Ballot papers printing in the final phase: Janak Education Materials Centre
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’ (भिडिओ सहीत )
17 days left to go for HoR polls: Publicity campaign begins today
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
प्रतिक्रिया