सोमबार, फागुन ४, २०८२

सरकारले सांसदलाई हेप्यो, अहिले देखाइदिन्छौँ : गगन थापा

मेरोन्यूज २०८० भदौ १२ गते १५:१७

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सांसदहरूलाई सरकारले आफूसँग बहुमत छँदैछ भनेर हेप्ने गरेको भन्दै अब सांसदहरूको शक्ति देखाइदिने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार प्रतिनिधि सभामा केही नेपाल ऐनको संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले भने, ‘सरकारले हिजो पनि संसदलाई हेपेको हो । आज पनि संसदलाई हेपेको हो । संसदीय व्यवस्थामा सरकारलाई के लाग्छ भने म सँग बहुमत छ, मैले जे ल्याए पनि पारित हुन्छ भन्ने लाग्छ । यो हामीलाई हेपेको हो, हामी हेपिने कि नहेपिने यसपटक देखाउनुछ ।’

जघन्य अपराधमा संलग्नलाई पनि जोगाउने गरी कानुन बनाउन लागिएको थापाले बताए । यो कानुनको मस्यौदा अघिल्लो सरकारकै पालामा भएको भन्दै उनले आफ्नै पार्टीका नेता तथा कानुनमन्त्री धनराज गुरुङलाई त्यसको भारी नबोक्न आग्रह गरे ।

थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ ढंगले सामना गर्न तयार रहन आग्रह गरे ।

‘संसदलाई जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले यी कुराहरू सामना गर्न तयार हुनुहोला, धन्यवाद।’

प्रधानमन्त्रीलाई मसँग बहुमत छ, सांसदहरू थपडी बजाउन आएका हुन् भनेर नसोच्न थापाले चेतावनी दिए ।

उनले विधेयकहरूबारे अब समितिमै छलफल गरिने पनि बताए।

प्रतिक्रिया