पूर्वसभामुख महराका छोरा राहुल सीआईबीको नियन्त्रणमा

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा पुगेका छन् । उनी बयान दिनका लािग सिआईबी कार्यालय गएका हुन् ।
महरा बाबुछोरा नै यस प्रकरणमा जोडिएका छन् । उनीहरुलाई अनुसन्धानको दायराबाहिर राखिएको भन्दै सञ्चारमाध्यममा समाचारहरु आउन थालेपछि राहुलले आफू सीआइबी जान लागेको बताएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख छ । विवरण पेस भएको ४७ दिन बितिसक्दासमेत उनीहरूमाथि प्रहरीले सामान्य सोधपुछसमेत नगरेको आरोप लागेपछि राहुलले आफै सीआइबी कार्यालय गएका हुन् ।
राहुलले आफै सीआइबीमा उपस्थित भएर अनुसन्धानमा सहजीकरण गर्न लागेको राहुलले बताएका थिए । पूर्वसभामुख महराले पनि घटनामा आफु निर्दाेष रहेको भन्दै अनुसन्धान आवश्यक भए आफु तयार रहेको बताउँदै आएका छन् ।
‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स सैलिमा मिडिया ट्राएल गरी हामी माथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम ऋक्ष्द्य मा उपस्थित भै अनुसन्धानमा सहजिकरण गर्दैछु। नविराउनु, नडराउनु !!’राहुलले सामाजिक सन्जालमा लेखेका छन् ।

२०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको अनुसन्धानबाट खुलिसकेको छ ।
भेप छुटाउनकै लागि चिनियाँ तस्कर वाङसँग महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेको तथ्य पनि पुष्टि भइसकेको छ । राहुललाई सुन तस्कर वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिएको सीआइबीको रिपोर्टमा छ ।
हाल फरार असिन भनिने अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । महरा बाबुछोराले भने वाङसाग पूरानो चिनजान भएको, उनी फलफुल ब्यापारी भएको मात्र आफुहरुलाइृ जानकारी भएको र बैधानिक रुपमा आएको फलफुल लगायतका भेपका सामान रोकेको भनेर आग्रह गरेपछि त्यसको प्रक्रियाका बारेमा मात्र आफुहरुले बुझिदिएको र अन्य कुरामा आफुहरुलाई केही जानकारी नभएको बताउँदै आएका छन् ।
















सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी मात्र २४ लाख ९९ हजारमा
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छापिए
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया