शुक्रबार, माघ २३, २०८२

सशस्त्र प्रहरी उपरीक्षक थपलियाको स्मृतिमा अवार्ड घोषणा

मेरोन्यूज २०८० भदौ १४ गते १५:११

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी सशस्त्र प्रहरी बल दिवस देखि प्रदान गर्ने गरि सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा बेस्ट इन्टिग्रीटी अफिसर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन् । सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा शुक्रबार पर्सा स्थित नं. १३ गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले अवार्ड घोषणा गरेको बताएका हुन् ।

पेशागत रुपमा दक्ष , उच्च अनुशासन लगायतका पक्षलाइ मुल्यांकन गर्दै प्रत्येक बर्ष एक जना अधिकृतलाई सो पुरस्कार प्रदान गरिने छ । स्व. थपलियाको १२ औं दिनको स्मृति कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको असामयिक निधनबाट एक कुशल र क्षमतावान अधिकृत गुमाउनु पर्दा संगठनलाई अपुरणिय क्षती पुगेको बताए । यसै बिच सशस्त्र प्रहरी महानिरीक्षक अर्याल संगको भेटघाटमा बिरगंज उधोग बाणिज्य संघले स्व. थपलियाको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्ने घोषणा समेत गरेको छ ।

गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बिरगंज महानगरपालिकाका प्रमुख , उपप्रमुख , पर्सा जिल्लाक प्रमुख जिल्ला अधिकारी , बिरगंज भन्सारका प्रमुख , सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनिका बाहिनिपती लगायत अन्य सुरक्षा निकायका जिल्ला स्थित प्रमुख तथा अन्य संघ संस्थाका पदाधिकारी , स्थानिय भद्रभलाद्मी हरुको समेत उपस्थिती रहेको थियो । नं. १३ गण पर्साको गणपती रहेका थपलियाको यहि भाद्र २ गते शनिबार असामयिक निधन भएको हो ।

प्रतिक्रिया