एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरण आन्दोलन भदौ १९–२३ सम्मका लागि घोषणा गरेको छ ।
पार्टीकाे स्थायी कमिटीको बैठकले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलन गर्ने भन्दै आन्दोलनको समयतालिका घोषणा गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार विप्लवले पहिलो चरणको आन्दोलनमा नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम तय गरेको छ । असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान र लप्सेफेदीबाट सुरु हुने अभियान पाल्पामा गएर अन्त्य हुने जनाएको छ ।
चारदलीय समाजवादी मोर्चाको विषयमा सामान्य छलफल भएको स्रोतले जनाए । विप्लबले पहिलो चरणको अन्र्तक्रिया कार्यक्रम आन्दोलनकै रुपमा लिएर महशुस गर्ने थप निर्णय गर्ने पनि जनाएको छ । अमेरिकालाई सैन्य रणनीतिअन्र्तगत नेपाललाई लैजान दिन नहुने भन्दै आन्दोलनमा उत्रिने विप्लवले जनाएको छ ।

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
प्रतिक्रिया