माधवकुमार नेपालले सफाइ पाइसक्नु भयो, अब कसैले तर्साउन सक्दैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बिनाकारण मुछिएको बताएका छन् ।
पोखरामा शुक्रबार आयोजित समाजवादी मोर्चाको सन्देशसभामा प्रधानमन्त्री दाहालले नेता नेपालले सफाइ पाइसकेको बताए ।
‘माधवजीकोबारे ललिता निवासमा धेरै प्रश्न उठाएका छन्। तर उहाँ निर्दोष हुनु हुन्छ भन्ने सावित भइसक्यो’, उनले भने, ‘औपचारिक रुपमा माधवजीमाथिको प्रश्नको निरुपण भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएर मुद्दा चलाउन नपर्ने भनेपछि उहाँ निर्दोष सावित हुनु भयो।’
उनले अब नेता नेपालमाथि कुनै षड्यन्त्र नहुने बताउँदै भने, ‘अब माधवजीमाथि षड्यन्त्र हुँदैन। उहाँले सफाइ पाइसक्नु भयो । सीआईबीले बयान लिएर मुद्दा नचलाउने निर्णय गरिसकेपछि अब उहाँलाई कसैले तर्साउन सक्दैन।’
भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा आफूले माओवादी नेताहरु पनि नछुट्ने गरी अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनको भनाइ थियो ।
‘माओवादी नेताहरु पनि कोही सुनमा, कोही के मा जोडिएको सुन्छु। तर मैले सबैलाई समात्नु छु भनेको छु’, प्रधानमन्त्री दाहाललले भने, ‘दोषी छ भने जोसुकै होस् कोही नछुटुन्, मैले नै गल्ती गरेर सडकमा भेटे मलाई पनि कारबाही चलाउन भनेको छु।’

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रतिक्रिया