एशिया कपमा आज भारत र पाकिस्तानबीच भिडन्त, कसको पल्ला भारी ?

काठमाडाैं । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । यस खेललाई लिएर विश्वभरका फ्यान र क्रिकेट विज्ञहरुले आ–आफ्नो राय दिइरहेका छन् । कसैको नजरमा भारतले जित्ने छ भने कसैले पाकिस्तानलाई बलियो भनेका छन् । दुवै टोलीको फरक फरक तथ्यांकका आधारमा तुलना भइरहेको छ । यो खेल श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।
एसिया कपमा भारत र पाकिस्तान १७ औं पटक आमनेसामने हुँदैछन् । एसिया कपको पछिल्ला १५ सिजनमा दुवै टोलीले टी–२० र एकदिवसीय गरी १६ पटक भिडेका छन् । यी १६ खेलमध्ये एकपटक (सन् १९९७)काे नतिजा आउन सकेन। बाँकी १५ खेलमा दुई टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो ।
यदि तथ्याङ्क हेर्ने हो भने, सन् १९८४ देखि २०१८ सम्म भारत र पाकिस्तानले एसिया कपको एकदिवसीय खेलमा एकअर्कासँग १३ खेल खेलेका छन् । जसमा भारतीय टोलीले पाकिस्तानलाई ७ पटक पराजित गरेको छ । पाकिस्तानले पाँच पटक जितको स्वाद चाखेको छ भने एक खेलकाे नतिजा भने आउन सकेन ।
भारतीय टोलीले सन् १९८४, १९८८, २००८, २०१०, २०१२ र २०१८ मा दुई पटक पाकिस्तानलाई हराएको छ । अर्कोतर्फ, पाकिस्तानले सन् १९९५ को एसिया कपमा भारतविरुद्धको पहिलो खेल शारजाहको मैदानमा जितेको थियो । यसपछि सन् २०००, २००४, २००८ र २०१४ मा पनि भारतीय टोलीलाई हराएको थियो ।
टी–२० को कुरा गर्ने हो भने एसिया कपमा भारत र पाकिस्तानले तीन पटक मात्रै आमनेसामने गरेका छन् । एक पटक २०१६ मा र अर्काे पटक २०२२ मा उनीहरु आमनेसामने भएका थिए। सन् २०१६ मा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । र सन् २०२२ मा समूह चरणमा भारत र सुपर–४ मा पाकिस्तान विजयी भएको थियो । यी तथ्याङ्कलाई हेर्दा शनिबार हुने भारत–पाकिस्तान खेलको उत्साह चरम सीमामा हुने प्रष्ट हुन्छ ।
एसिया कपमा भारत-पाकिस्तान खेलको नतिजा :
१९८४ : भारत ८४ रनले विजयी, शारजाह
१९८८ : भारत ४ विकेटले विजयी, ढाका
१९९५ : पाकिस्तान ९७ रनले विजयी, शारजाह १
१९९७ : कुनै नतिजा आएन, कोलम्बो
२००० : पाकिस्तान ४४ रनले विजयी , ढाका
२००४ : पाकिस्तान ५९ रनले विजयी, कोलम्बो
२००८ : भारत ६ विकेटले विजयी, कराँची
२००८ : पाकिस्तान ८ विकेटले विजयी, कराँची
२०१० : भारत ३ विकेटले विजयी, डम्बुला
२०१२ : भारत ६ विकेटले विजयी, मिरपुर
२०१४ : पाकिस्तान १ विकेटले विजयी, मिरपुर
२०१६ : भारत ५ विकेटले विजयी, मिरपुर
२०१८ : भारत ८ विकेटले विजयी, दुबई
२०१८ : भारत विजयी ९ विकेटले विजयी, दुबई
२०२२ : भारत ५ विकेटले विजयी, दुबई
२०२२ : पाकिस्तान ५ विकेटले विजयी, दुबई
आज हुने खेलका लागि पाकिस्तानले प्लेइङ–११ घोषणा गरेको छ । पाकिस्तानले नेपालविरुद्धको उद्घाटन खेलमा जित हासिल गरेका खेलाडीलाई प्लेइङ–११ मा मौका दिएको छ । अर्कोतर्फ, भारतीय टोलीको प्लेइङ–११ टसको समयमा मात्र थाहा हुनेछ । भारत तीन विशेष फास्ट बलर, दुई अलराउन्डर, एक स्पिनर र पाँच ब्याट्सम्यानको साथ जाने सम्भावना छ।
पाकिस्तानको प्लेइङ–११ : बाबर आजम (कप्तान), फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, मोहम्मद रिजवान (विकेटकीपर), शादाब खान (उपकप्तान), मोहम्मद नवाज, हरिस रउफ, नसीम शाह र शाहीन शाह अफ्रिदी।
भारतको सम्भावित प्लेइङ–११ : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, इशान किशन (विकेटकिपर), श्रेयस अय्यर, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, , कुलदीप यादव, मोहम्मद शामी, मोहम्मद सिराज, जसप्रित बुमराह।

















बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै
ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’ सेवामा ५० प्रतिशतसम्म छुट
झापा ५ का रास्वपा क्षेत्रीय परिषद् सदस्य खनाल एमालेमा प्रवेश
लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया