आइतबार, वैशाख ६, २०८३

कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छः सुनिता डंगोल

मेरोन्यूज २०८० भदौ १६ गते १३:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएका छिन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शनिवार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गरे।

उपप्रमुख डंगोलले काठमाडौं महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म सेक्टर भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको र सो प्रपोजलको नतिजा २०२४ को शुरुमा आउने र युनेस्को पदकबाट कामनपा पुरस्कृत हुने बताइन्। उनले काठमाडौंको सुन्दरता, कलाकृति, सम्पदा र संसकृतिलाई जोगाउन फिल्म नै एउटा माध्यम रहेको बताइन् ।

उपमेयर डंगोलले काठमाडौंलाई झल्काउन रंगमञ्चको महत्वपूर्ण भुमिका हुने बताइन् ।

प्रतिक्रिया