शुक्रबार, माघ २३, २०८२

ललिता निवासको जग्गा हिनामिना प्रकरण

सीआईबीको लापरबाहीले ६२ करोड बढी बिगो, सच्याउन सरकारी वकिलले पठायो अदालतलाई पत्र

मेरोन्यूज २०८० भदौ १७ गते १९:४७

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललिता निवासको जग्गा हिनामिना प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन बनाउँदा गम्भी र लापरबाही गरेको भेटिएको छ । सिआईबीले
जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा एउटा प्रतिवादीलाई ६२ करोड बढी बिगो कायम गरेको देखिएको हो ।

सरकारी वकिलको कार्यालयले सिआईबीको प्रतिवेदन अनुरुप अभियोजन गर्दा पूर्वमन्त्री चन्द्रदेव जोशीविरुद्ध ६३ करोड १० लाख बिगो मागेको थियो । तर, जोशीले विरोध गरेपछि सिआईबीले नै अनुसन्धान प्रतिवेदन लेखनमा त्रुटी भएको भन्दै सच्याउन सरकारी वकिल कार्यालयमा पत्राचार गरेको थियो । त्यही पज्ञाचार अनुरुप सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा १५ भदौमा एक करोड, आठ लाख, उनासी हजार ८ग् सय १० रुपैयाँमा मात्रै बिगो कायम गरिदिन भन्दै पत्राचार गरेको छ ।

जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्रीले हस्ताक्षर गरेको पत्रमा पूर्वमन्त्री जोशीको हकमा सीआईबीले पठाएको बिगो फरक परेको भन्दै सच्याउन सीआईबीले पत्र पठाएकाले सच्याउन अदालतलाई आग्रह गरिएको छ ।

अभियोग पत्रको पृष्ठ ६२९ को दशौं र चौधौं हरफमा जोशीविरुद्ध ६३ करोड रुपैयाँको बिगो रकम लेखिएकोमा एक करोड ८ लाख ७९ हजार ८१० रुपैयाँ कायम गरिदिन सीआईबीले आग्रह गरेकाले सच्याइदिन भनिएको छ ।

प्रतिक्रिया