आज कस्तो छ तपाईंको भाग्य ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज भदाै १८ गते साेमबार । भदौ कृष्ण पञ्चमी । पञ्चाङ्ग : ध्रुव कौलव अश्विनी। सेप्टेम्बर ०४ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आजको दिन व्यर्थको दौडधुपमा बित्नेछ । परिवारमा दुर्घटनाको सम्भावना छ । आज तपाईको बोलीमा नियन्त्रण राख्नु धेरै महत्त्वपूर्ण छ, अन्यथा ठूलो कार्य हातबाट जान सक्छ। परिवारमा आपसी मतभेद सुल्झाउने प्रयास गर्नुहोला ।
वृष- विशेष कामको लागि मन चिन्तित रहनेछ। तर सफलता पाउन मिल्ने छैन । परिवारमा छोराछोरी र पत्नीको स्वास्थ्य बिग्रन सक्छ। विपक्षी वर्गले व्यापारमा बाधा पु¥याउनेछन्। आज कुनै ठूलो लेनदेन पनि नगर्नुहोस्।
मिथुन- आज पुरानो साथीसँग भेट हुन सक्छ। व्यापारमा ठूलो आर्थिक लाभको सम्भावना छ। घरमा पाहुनाको आगमन हुनेछ ।
कर्कट- आजको दिन निकै महत्वपूर्ण रहनेछ । परिवार र सन्तानको लागि ठूलो निर्णय लिन सकिनेछ। मन प्रसन्न रहनेछ। मनमा ठूलो कामको योजना बन्न सक्छ। व्यापारमा ठूलो लगानीको सम्भावना छ ।
सिंह- शारीरिक रूपमा कमजोर महसुस हुनेछ। व्यापारमा पार्टनरले ठूलो धोका दिन सक्छ। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला । सवारी साधन आदि चलाउँदा सावधान रहनुहोला।
कन्या- मन अशान्त रहनेछ। आ्ज, कार्यस्थलमा भावनामा बगेर वा हतारमा कुनै निर्णय नगर्नुहोला। आज कसैलाई ऋण दिनु लाभदायक हुनेछैन। श्रीमती वा सन्तानसँग मनमुटाव बढ्न सक्छ।
तुला- आज कुनै विषेश कामकाे लागि बाहिरजानु पर्नेछ । जुन उद्देश्यका लागि जाँदै हुनुहुन्छ, त्यो सफल हुनेछ । व्यापारमा ठूलो आर्थिक सहयोग मिल्नेछ।
वृश्चिक- आज तपाईको भाग्यशाली दिन रहनेछ। यसका साथै विशेष व्यक्तिबाट नयाँ कार्य क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा मान सम्मान बढ्नेछ । श्रीमतीसँगको मनमुटाव समाधान हुनेछ ।
धनु- आजको दिन दुःखले भरिपूर्ण रहनेछ। कुनै दुखद खबर सुनिनेछ । साथै, व्यापारमा ठूलो धोखाधडीकाे सामना गर्नु पर्ने हुनसक्छ। सहयोगी पार्टनरले तपाईको विपक्षीसँग मिलेर ठूलो षड्यन्त्र रच्न सक्छ। सचेत रहनुहोला। श्रीमती र सन्तानको स्वास्थ्यमा चिन्ता रहनेछ।
मकर- स्वास्थ्य बिग्रनाले मानसिक रुपमा विचलित भइनेछ । श्रीमती र सन्तानको भविष्यको बारेमा पनि मन चिन्तित रहनेछ । व्यापारमा घाटाको स्थिति रहनेछ । परिवारमा विरोधीको संख्या बढ्नेछ।
कुम्भ- आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। नयाँ कामको थालनी गर्न सकिनेछ, जसमा सफलता मिल्नेछ। आज राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो पद पाउन सकिनेछ । पुरानो विवादको अन्त्यले आज मन प्रसन्न रहनेछ। परिवारमा शुभ कार्यको सम्भावना रहनेछ।
मिन-आज तपाईको दिमागमा कुनै ठूलाे कामको याेजना बन्न सक्छ। तर काम सुरु गर्ने समय भने आएको छैन । आज परिचित व्यक्तिलाई ठूलो रकम ऋण दिनु ठूलो गल्ती हुनेछ। घरमा स्वास्थ्यसँग सम्बन्धित केही समस्या आउन सक्छ। पत्नी तथा सन्तानसँग मनमुटावको स्थिति सिर्जना हुनेछ ।















ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया