ललिता निवास प्रकरण : आजबाट प्रतिवादीको थुनछेक बहस

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा आजदेखि प्रतिवादीका तर्फबाट थुनछेक बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा हिजाेबाट सुरु भएको थुनछेक बहसमा अभियोजनकर्ता सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए ।
आज बढीमा ४ सरकारी वकिलले बहस गरेपछि चिया ब्रेकपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ । प्रतिवादीका तर्फबाट व्यक्तिव्यक्तिका वकिलहरुले बहस गर्नेछन् । उनीहरुको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ र अन्तिममा सरकारी वकिलका तर्फबाट नै जवाफी बहस हुनेछ ।
त्यसपछि मात्र जिल्ला अदालतले पक्राउ परेकाहरुलाई थुनामै राखेर अनुसन्धान गर्ने वा धरौटीमा रिहा गर्ने वा अन्य आदेश गर्नेछ । थुनछेक आदेश भएपछि बल्ल मुद्दाको अन्तिम फैसलाका लागि बहस सुरु हुनेछ ।
अघिल्लो आइतबार सरकारी वकिलले सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३१० जना विरुद्ध मुद्दा दायर गरेका थियो । पक्राउ परेकाहरुको सोमबार, मंगलबार, बुधबार र शुक्रबार बयान भएको थियो । उनीहरुको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको हो ।
सोमबार शिवजी भट्टराई र रुद्रकुमार श्रेष्ठको बयान भएको थियो भने मंगलबार मीनबहादुर गुरुङ, कलाधर देउजा र बालकृष्ण श्रेष्ठको बयान भएको थियो । बुधबार घमनकुमार कार्की, गोपाल कार्की, बेदप्रकाश पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रवप्रसाद अर्याल र बाबुराजा महर्जनको बयान भएको हो । शुक्रबार केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन, लोकहरि घिमिरेको बयान भएको थियो ।
ललितानिवास जग्गा प्रकरणमा २८९ जनालाई मुख्य प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ भने त्यसबाहेक जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भइसकेका २१ जनालाई पनि प्रतिवादी बनाएको छ । जसमा ललितानिवासका तत्कालीन मालिक सुवर्णशमशेरका परिवारका सदस्यहरु पनि रहेका छन् । पक्राउ परेका १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आरोपितलाई ५७ दिनसम्म थुनामा राखेर ‘संगठित किर्ते’ कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, सरकारी वकिल कार्यालयले ‘भूतप्रभावी’ कानुन लगाउन नमिल्ने भन्दै ‘सरकारी लिखत किर्ते’मा मात्र मुद्दा चलाएको छ । संगठित अपराधसम्बन्धी ऐन २०७० मा मात्र आएकाले त्यसअघिका घटनामा त्यो कानुन लगाउनु संविधानविपरीत हुने सरकारी वकिल कार्यालयले बताएको छ ।
ललितानिवास क्याम्पको १४३ रोपनी ६ आना तीन पैसा तीन दाम जग्गा हिनामिना भएको सीआईबीको अनुसन्धानले देखाएको छ । चार पूर्वमन्त्री, बहालवाला सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यलगायत व्यक्तिलाई प्रतिवादी बनाइएको छ ।
















सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी मात्र २४ लाख ९९ हजारमा
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छापिए
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
प्रतिक्रिया