एशिया कपमा आज श्रीलंका र अफगानिस्तान भिड्दै
मेरोन्यूज
२०८० भदौ १९ गते ८:५९

काठमाडौं । एशिया कप अन्तर्गत आज श्रीलंका र अफगानिस्तानबीच खेल हुँदै छ । पाकिस्तानको लाहोर क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३:१५ बजेदेखि सुरु हुने छ ।
समुह बि अन्तर्गतको यो खेल सुपर चारमा पुग्नका लागि दुवै देशका लागि महत्वपूर्ण रहेको छ ।
यस अघि श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तान बंगलादेशसँग पराजित भएको थियो ।
अब अफगानिस्तानलाई सुपर चारमा पुग्न आजको खेलमा श्रीलंकामाथि फराकिलो जित आवश्यक रहेको छ । अफगानिस्तान विजयी भएमा तिनै देशको २-२ अंक हुने हुदा रनरेटको आधारमा सुपर चारमा जाने दुई देशको टुंगो लाग्ने छ ।
श्रीलंका विजयी भएमा भने श्रीलंकासहित बंगलादेश सुपर चारमा पुग्नेछ ।
समुह ए बाट भने पाकिस्तान शिर्ष स्थानमा रहँदै र भारत दोस्रो हुँदै सुपर चारमा पुगिसकेका छन् भने नेपाल दुवै खेलमा पराजित भएर बाहिरिएको छ ।
सम्बन्धित
















सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रतिक्रिया