इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति

इजरायली सेनाले इरानको रिभोलुसनरी गाड्र्सद्वारा सञ्चालित तेहरानमा रहेको एक विश्वविद्यालयमा आक्रमण गरेको बताएको छ । इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालैका दिनहरूमा, आइआरजिसीको केन्द्रीय सैन्य पूर्वाधारस्थलहरू मध्ये एकमा हालै आक्रमण भएको छ ।
इमाम हुसेन विश्वविद्यालयलेको परिसरमा रहेको आइआरजिसीको प्राथमिक सैन्य शैक्षिक संस्थाले इरानको सैन्य निकायहरूको लागि आपतकालीन उपकरणको आपूर्तिका लागि काम गर्दछ ।” अमेरिकी–इजरायली आक्रमणमा दिवङ्गत भएका इरानका पूर्व सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ इरानी अधिकारीहरूले युद्धअघि उक्त विश्वविद्यालयको भ्रमण गरेका थिए। इजरायली सेनाले भनेको छ, “युद्धका क्रममा इजरायली सेनाले विश्वविद्यालयभित्रको सैन्य पूर्वाधारमा धेरै पटक आक्रमण गरेको थियो भने यसबाट इरानी हतियार उत्पादन र विकास क्षमतामा ठूलो क्षति पुगेको थियो ।
उनले विश्वविद्यालय, यसको रसायन विज्ञान केन्द्र, र यसको मेकानिक्स र विकास समूहको टेक्नोलोजी र इन्जिनियरिङ केन्द्रको मुनिका सुरुङहरू नष्ट गरेको बताएको छ । सुरूङलाई सबै हतियार विकासको लागि प्रयोग गरिएको इजरायली सेनाले बताएको छ ।















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया