वेपत्ता डाक्टरको १० दिनपछि शव फेला
मेरोन्यूज
२०८० भदौ २० गते ९:५२

विराटनगर । उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर वेपत्ता भएका झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ । उनको शव सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको प्रहरीले जनाएको छ ।
झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । डाक्टर कोइराला १० गते सोमबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको थियो ।
डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो ।
उनले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा प्रहरीले भेट्टाएको थियो ।
सम्बन्धित
















आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया