राजधानीमै सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएपछि नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौा । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ(नेविसंघ)ले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ।
पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएपछि नेविसंघले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो।
‘देशमा आमनागरिकको जीउ, ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रूपले असफल भएको यस घटनाले पुष्टि गरेको छ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।
यो घटनाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने नेविसंघले बताएको छ । ‘राजधानीको सार्वजनिक स्थलमा पूर्वमन्त्रीजस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृहमन्त्रीको राजीनामा समेत माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
यस घटनालाई गहिरोसँग अनुसन्धान गर्न पनि नेविसंघले गरेको छ।
सहमहामन्त्री यादवलाई बुधबार दिउँसो नुवाकोट घर भई बालाजु बस्ने श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ भने यादव ट्रमा सेन्टरमा उपचार गराइरहेका छन्।

















आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया