आइतबार, फागुन ३, २०८२

काठमाडौं १६ का वडाअध्यक्ष मुकुन्द रिजालको निधन

मेरोन्यूज २०८० भदौ २१ गते ८:४६

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको हो ।

डेंगीबाट संक्रमित भएपछि उनी उपचारका लागि ग्राण्डी अस्पताल भर्ना भएका थिए । फोक्सोमा समस्या देखिएपछि रिजाल पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।

रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापतिसमेत हुन् ।

प्रतिक्रिया