अमेरिका बसेर नेपालबाट मानव तस्करी गर्ने गौतम पक्राउ

काठमाडौँ । आफू अमेरिका बसेर नेपालबाट मानव तस्करी गर्ने नेपाली मुलका अमेरिकी नागरिक हस्त गौतम पक्राउ परेका छन् । रुकुम पूर्वको सिस्ने स्थायी घर भएका गौतमलाई गत बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोले भैरहवाबाट पक्राउ गरेको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
आफू पनि अवैध बाटो हुँदै अमेरिका पुगेर दुई सय जनालाई अमेरिका लगिसकेका गौतमलाई भारत हुँदै नेपाल आउने क्रममा भैरहवा नाकाबाट ब्युरोको टोलीले पक्राउ गरको हो ।
गौतम नेपाली युवा–युवतीलाई अमेरिका पठाउने प्रलोभनमा मानव ओसारपसार गर्दै आएको गिरोहका नाइके भएको ब्युरोले बताएको छ ।
६ जनाले दिएको उजुरीका आधारमा गौतमलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । ‘उनीविरुद्ध ६ जना पीडितको जाहेरी छ,’ एसएसपी श्रेष्ठले भने, ‘गौतमसहित चारजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ।’
गौतम आफैँ अवैध बाटो हुँदै अमेरिका पुगेका थिए । उनले प्रहरीलाई बताएअनुसार उनी पारा ओलम्पिक कमिटीको महासचिव भएका बेला कार्यक्रममा सहभागी हुन अमेरिकाको टेक्सास पुगेका थिए। टेक्सासमा मेक्सिकन नागरिकहरूसँग चिनजान भएको र उनीहरूसँगकै संगतले पछि अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पुगेका थिए।
सन् २००८ मा अमेरिकाको ग्रिनकार्ड र २०१५ मा पासपोर्ट लिएका गौतमले प्रहरीसँग अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गरेका छन्।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया