प्रहरीले माग्यो हङकङको भन्सारसँग गाँजा पुगेको विवरण

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौंबाट हङकङ पठाएको सामानमा लागुऔषध भेटिएको घटनाबारे आधिकारिक जानकारी माग गर्दै पत्र पठाएको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले हङकङको अध्यागमन विभागलाई पत्र पठाउँदै विवरण मागेको हो ।
‘हामीलाई नेपालकै कार्गो कम्पनीले दिएको जानकारीका आधारमा अनुसन्धान गरिरहेका छौं। त्यहाँबाट आधिकारीक जानकारी आएको होइन। अहिले हामीले कुन लागुऔषध के कति परिणाममा पुगेको भनेर आधिकारीक जानकारी मागेका हौं’, ब्यूरो प्रमुख एसएसपी गोबिन्द थपलियाले जानकारी दिए ।
नेपालबाट कार्गो कम्पनीमार्फत बुक कभर भनेर पठाएको सामानमा हङकङ विमानस्थलमा भन्सारले चेकजाँच गर्दा लागुऔषध गाँजा फेला परेको थियो। त्यसबारे अनुसन्धान गरिरहेको ब्यूरोले त्यहाँको भन्सारसँग विवरण माग गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले चेकजाँच गर्ने भए पनि लागुऔषध छिरेपछि प्रहरीमाथि पनि अनुसन्धान भइरहेको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोले छुट्टा छुट्टै छानबिन समिति बनाएर घटनाबारे छानबिन गरिरहेका छन्।
विमानस्थल सुरक्षा प्रहरीले एसपी पदम बिष्टको संयोजकत्वमा र लागुऔषध नियन्त्रण ब्यूरोले डीएसपी अनन्तराम शर्माको नेतृत्वमा समिति बनाएर छानबिन गरिरहेका छन्। ब्यूरोबाट विमानस्थलमा डीयूटीमा खटिएका प्रहरीहरुलाई जिम्मेवारीबाट तानेर अनुसन्धान भइरहेको छ।
त्यसदिन कार्गोको डीयूटीमा लागुऔषध नियन्त्रण ब्यूरोका वरिष्ठ सई निरन्जन पनेरु, असई कैलास राउत र विष्णुबहादुर थापा तथा हवल्दार प्रदीप बस्नेत थिए।
काठमाडौंबाट कार्गो कम्पनीमार्फत बुक कभर भनेर पठाएको सामानभित्र हङकङको विमानस्थलमा चेकजाँच गर्दा गाँजा फेला परेको थियो। हङकङको एसएफ कुरिएर कम्पनीले गाँजा फेला परेको भन्दै नेपालबाट सामान पठाउने कुरियर कम्पनीलाई जानकारी गराएको थियो।
नेपालको कार्गो कम्पनीले त्यसको जानकारी प्रहरीलाई गराएको हो। साउन २६ गते नेपाल एयरलाइन्समार्फत गाँजा पुगेको हो।
यस बारेमा प्रहरीलाई साउन ३१ गते जानकारी गराइएको थियो।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेले गर्यो अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव
प्रतिक्रिया