छात्रा फुटबल : जनप्रिय माविलाई उपाधि

म्याग्दी । म्याग्दीको बेनीमा सम्पन्न दोस्रो दोभान कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनप्रिय माविले जितेको छ ।
बेनीस्थित खुला मञ्चमा शनिबार न्यू वेष्ट प्वाइन्ट आवासीय माविसँगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रदर्शन गरेसँगै उपाधि चुमेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जनप्रिय माविले न्यू वेष्ट प्वाइन्ट आवासीय माविलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । पेनाल्टीमा जनप्रियकी गोलरक्षक अस्मिताले उत्कृष्ट बचाउ गरेकी थिइन् । जनप्रिय माविले बेनी सामुदायिक मावि तथा न्यू वेष्ट प्वाइन्ट माविले प्रकाश माविलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।
न्यू दोभान युथ क्लबले दिवङ्गत पूर्वअध्यक्ष अनन्त गिरीको स्मृतिमा ‘९ ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई क्रमशः रु ४५ हजार र रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसी, नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला फुटबल सङ्घका अध्यक्ष कुमार बानियाँलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी न्यू वेष्ट प्वाइन्टकी निकितासिंह ठकुरी, सर्वाधिक गोलकर्ता प्रकाश माविकी प्राप्ति मगर र उत्कृष्ट गोलरक्षक जनप्रिय माविकी अस्मिता दर्जी घोषित भए । आयोजक दोभान यूथ क्लबका अध्यक्ष उपेन्द्र गिरीले छात्रालाई फुटबल खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा १० टोली सहभागी थिए ।
















सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया