शनिबार, माघ २४, २०८२

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल काठमाडौँबाट पक्राउ

मेरोन्यूज २०८० भदौ २५ गते २०:०९

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेल काठमाडौँबाट पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीले आइतबार सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये रम्तेल पक्राउ परेका हुन् भने अरुको खोजी भइरहेको छ ।

पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारीमार्फत बचतकर्ताको बचत हिनामिना गरेको भन्दै ९ सय ७१ जनाले उजुरी दिएका थिए । जाहेरी दिएकाहरुले १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग गरेका छन् ।

प्रतिक्रिया