प्रहरी महानिरीक्षक कुँवर कोरिया प्रस्थान
मेरोन्यूज
२०८० भदौ २५ गते २०:३२

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारी कोरिया भ्रमणमा गएका छन् । कोरिया अन्तर्राष्ट्रिय सहायता नियोग (कोइका)को निमन्त्रणमा सात उच्च प्रहरी अधिकारी सोमबार कोरिया भ्रमणमा गएका हुन् ।
भ्रमण टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकासराज खनाल र फणीन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री र नवीन्द्र अर्याल छन् ।
साइबर सुरक्षा तथा साइबर अपराधको नियन्त्रणमा कोरिया सरकारले गरेका कामको विषयमा अध्ययन गर्न महानिरीक्षक नेतृत्वको टोली कोरिया गएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।
महानिरीक्षकको भ्रमणको अवधिमा एआइजी दीपककुमार थापालाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिइएको छ ।
सम्बन्धित
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया