शुक्रबार, माघ २३, २०८२

नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

मेरोन्यूज २०८० भदौ २६ गते १९:३५

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहबाट सशस्त्र प्रहरीले ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारत घर बताउने ३० वर्षिय ईस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी जमुनाह) बाँकेले सोमबार नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

भारतबाट यूपी ३२ एल.एच. ३७०४ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ ।

नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ र मोटरसाईलकसहित आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ । मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया