शनिबार, फागुन २, २०८२

नेम्वाङको शव दिउँसो १ बजेसम्म एमाले मुख्यालय र त्यसपछि बालुवाटारस्थित निवासमा राखिने

बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

मेरोन्यूज २०८० भदौ २७ गते ७:१२

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शव आज पनि दिउासो १ बजेसम्म एमाले मुख्यालय ललितपुर च्यासलमा राखिने भएको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजेसम्म नेम्वाङप्रति श्रद्धाञ्जली दिन सकिने छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

बुधबार (आज) दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित उनकै निवासमा लगिने कार्यतालिका बनेको विष्टले जानकारी दिए।
नेम्वाङको निवासमा उनको जातियताका आधारमा अन्तिम सस्कारका कामहरु हुनेछन् । उनका दुवै छोराहरु विदेशमा रहेका कारण दाहासस्कारका काम एक दिन ढिलो गरि हुन लागेको हो । उनका छोराहरु अष्टे«लिया र बेलायतमा थिए । उनीहरु आज दिउँसोसम्म कामठाडौं आईपुगि सक्नेछन् ।

त्यसपछि भने भोलि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिव विष्टले बताए।

७१ वर्षिय नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो। हृदयघात भएपछि बिहान उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको थियो। अस्पतालले ३ बजे उनलाई मृत घोषणा गरेको थियो।

प्रतिक्रिया