शनिबार, माघ २४, २०८२

६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय

मेरोन्यूज २०८० भदौ २७ गते ११:५०

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । उसले आफ्नो अनुसन्धान प्रतिवेदन तयार पारेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन अगाडी आयोजना गरेको पत्रकार सम्मेलनमा सीआइबीले त्यस्तो जानकारी गराएको हो ।

सीआइबीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको बनाएको छ । सीआईबीका एसपी कृष्ण पंगेनीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाइएको जानकारी दिएका हुन् । जसमध्ये यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

प्रतिक्रिया