सुन तस्करी गर्न खोलिएका यी हुन् ७ कम्पनी

काठमाडौं । चिनियाँ तस्करहरुले सुन तस्करी गर्न नेपालीलाई प्रयोग गरेर सात वटा कम्पनी नेपालमा खोलेको तथ्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट त्यस्तो तथ्य बाहिरिएको हो ।
६० किलो सुन प्रकरणको अनुसन्धान गरेको सीआइबीले बुधबार पत्रकार सम्मेलन गरेर त्यस्तो जानकारी गराएको हो । त्यसरी खोलिएका ७ मध्ये ६ वटा कम्पनीबाट भने तस्करीका सामान कुनै न कुनै रुपमा आएको र एउटाबाट मात्र नआएको सीआइबीको अनुसनधानमा उल्लेख छ ।
सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन तस्करीमा ७ वडा कम्पनी खडा भएको जानकारी दिएका हुन् ।
उनका अनुसार छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्ट्रिक सप्लायर्स, पवाटी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स, रेडी ट्रेड र सरिता सप्लायर्स कम्पनी खडा भएको पाइएको हो ।
यी कम्पनीका मालिकमा क्रमशः लेखनाथ कार्की डोली, रामकुमार भुजेल, कुमार बहादुर भुजेल, रामबहादुर भुजेल, विकुन्द्र भुजेल, दिलीप भुजेल र सरिता तामाङ रहेका छन् ।
सीआईबीले तस्करीका सुनहरु टोखा र लाजिम्पाटमा गाल्ने गरेको खुलेको पनि जनाएको छ ।

















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया