रास्वपाले १९ जिल्लामा खटायो सांसद र केन्द्रीय नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुझाव संकलनका लागि आफ्ना नेतालाई १९ जिल्लामा खटाएको छ।
केन्द्रबाट खटाइएका १९ जना नेताले तीन दिन बसेर सुझाव, गुनासो संकलन गरेर ल्याउने पार्टीका महामन्त्री मुकुल ढकालले बताए।
जनआवाज सुन्ने कार्यक्रम संविधान दिवसको दिन (३ असोज) बाट सुरु गरे पहिलो चरण ७ असोजमा सकिनेछ । सभापति रवि लामिछाने रोल्पा, उपाध्यक्ष डीपी अर्याल पर्सा, महामन्त्री मुकुल ढकाल कालिकोट, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुरका गाउँ क्षेत्रमा पुग्ने भएका छन् ।
यस्तै संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बैतडी खटाइएको छ। सुमना श्रेष्ठ कैलालीको टीकापुर, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, गणेश पराजुली ओखलढुंगा जाने भएका छन् ।
त्यस्तै केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, सन्तोष परियार कपिलवस्तु, विपीन आचार्य संखुवासभा, डा तोसिमा कार्की डोटी, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदी गौर, रौतहट खटाइएका छन्।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुर, डा. स्वर्णीम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ र शंकर श्रेष्ठ इलाम जाने छन्।


















आजपाकाे चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि एक घर-एक रोजगारीसम्म
एक थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण
PM Karki takes stock of electoral preparations in Taplejung
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्रतिक्रिया