कञ्चनपुरमा कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
मेरोन्यूज
२०८० असोज ४ गते ८:५२

धनगढी । कञ्चनपुरमा सडकमा आक्रमण गरेर लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वेदकोट नगरपालिका- २ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले बुधबार साँझ शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी जंगलमा बुधबार साँझ २ जनामाथि आक्रमण गरी लुटपाट गरेका थिए।
उनीहरुले शुक्लाफाँटा नगरपालिका-५ बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीमाथि कुटपिट गरेका थिए। साथै द्रोपतीले घाँटीमा लागाएको ८ आनाको तिलहरी, मोबाइल लुटेर फरार भएका थिए।
दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको हो।
कुटपिटबाट घाइते भएका अम्बादत्तको दुवै हात र खुट्टामा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
सम्बन्धित
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया