एमाले प्रदेश अधिवेशन
आन्तरिक प्रतिस्पर्धा रोक्न फेरि कस्सिए ओली
बागमतीमा सस्थागत उम्मेदवार बनाउने कोसिस

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा रोक्न फेरि कस्सिएका छन् । एमालेको जारी प्रदेश अधिवेशनमा उनी सर्वसम्मत नेतृत्व चयनको पक्षमा छन् । तर उनको चाहना विपरित लुम्बिनी प्रदेश अधिवेशनमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल निकटका नेताहरुले अडान नछोडी आन्तरिक प्रतिस्पर्धा गरेका थिए ।
ओलीले अन्तिमसम्म सहमतिको लागि गरेको कोसिस असफल भएपछि लुम्बिनीमा महासचिव पोखरेल निकटका नेतालाई हराउँदै उपाध्यक्ष विष्णु पौडेल निकटका नेताले चुनावमा बाजी मारेका थिए । त्यसले केन्द्रीय नेताहरुलाई नै गुटबन्दीमा तान्न सक्ने ओलीले ठानेका छन् ।
एमालेमा केन्द्रीय नेताकै तहमा गुटबन्दीको आँट महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल दुबैले गर्न नसकेपनि कुनै न कुनै रुपमा प्रदेशको भूगोल हेरेर बन्ने समिकरणले अन्ततः केन्द्रीय नेताहरुलाई जर्वजस्त गुटबन्दीमा तानिरहेको र कालान्तरमा त्यसले पार्टीलाई अराजकतामा लान सक्ने भय ओलीले देखेका छन् ।
जसकाकारण उनी पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा रोक्ने तयारीमा छन् ।
बागमतीमा प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ र हालका बागमती प्रदेश अध्यक्ष केशव पाण्डेको दावी छ । त्यस अतिरिक्त पनि नेताहरुले आँट गर भने आँट गर्ने पक्षमा अन्य नेताहरु पनि छन् । रचना खड्का, कृष्णभक्त पोखरेल लगायतका नेताहरु पनि आश गरेर बसेका छन् ।
तर ओलीले यी नेताहरुलाई चुनावमा जान नदिन सकभर पार्टीको माथिल्लो तहबाटै सस्थागत उम्मेदवार बनाउन आन्तरिक छलफल सुरु गरेका छन् । प्रदेश अधिवेशन असोज ८ र ९ गते काठमाडौंमा हुँदैछ । प्रदेश अधिवेशनको तयारी पूरा भईसकेको एमालेले जनाएको छ ।

ओलीले लुम्बिनीमा महासचिव शंकर पोखरेलले नै अगाडी सारेका उम्मेदवारलाई आफनो तर्फबाट भित्रीरुपमा सघाएका थिए । तर उनले सोचेजस्तो त्यहाँ भएन । यसपटक आफु एक्लैले भित्री साथ दिएका नेतामा सहमति खोज्ने भन्दा पार्टीभित्रका महासचिव पोखरेल, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, लगायतका नेताहरुलाई सँगै राखेर केन्द्रबाट नै सस्थागत साझा उम्मेदवार अगाडी सार्न ओलीले चाहेका छन् । त्यसका लागि उनले पार्टीका शीर्ष नेताहरुसँग बागमतीको नेतृत्व चयनका विषयमा परामर्श थालेका छन् ।
प्यानलबन्दी र गुटबन्दी नहोस् भनेर अध्यक्ष ओलीले मुख्य नेतृत्वमा सहमति गराउन खोजेको छलफलमा सहभागी नेताहरुले बताएका छन् । अध्यक्ष ओलीले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव बिष्णु रिमाललगायतका नेताहरुसँग छलफल गरेका छन् । त्यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलगायतकासँग पनि अध्यक्ष ओलीले वागमतिको अध्यक्षमा सर्वसम्मतिको खोजीका लागि परामर्श गरेको ओली निकट नेताहरुको भनाई छ ।
यसो हुँदा ओलीले बागमतीमा कैलाश ढुंगेलको नाम छलफलका क्रममा अगाडी सारेको निकट स्रोतको भनाई छ । उनी एमालेको केन्द्रीय सदस्य छन् । प्रदेश अध्यक्षले पोलिटब्यूरो सदस्य सरह हैसियत पाउने भएकाले पनि ढुंगेललाई अध्यक्ष बनाउन ओलीको जोडबल छ ।
केन्द्रबाट सहमति भए ढुंगेलको नाम सस्थागत उम्मेदवार बनाएर अगाडी लैजाने र अन्य नेता सहमतिमा आउन नसकेपनि सस्थागत उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गराएपनि केन्द्रीय नेताहरुको गुटबन्दी नहुने बुझाईमा यतिवेला ओली छन् ।
त्यही कारण पनि उनी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा रोक्ने कोसिसमा फेरि लागेका हुन् ।

















आजपाकाे चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि एक घर-एक रोजगारीसम्म
एक थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण
PM Karki takes stock of electoral preparations in Taplejung
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
नेपाल ‘ग्रे लिस्ट’मा पर्नु चुनौतीसँगै ठूलो अवसर पनि हो : गभर्नर पौडेल
प्रतिक्रिया