एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा असोज २८ गते

काठमाडौं । एनआईसी एसिया बैंकले २६ औं वार्षिक साधारणसभा डाकेको छ ।
बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले साधारणसभा यही असोज २८ गते काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०।५२६३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ बराबरको लाभांश अनुमोदन गर्नेछ ।
प्रस्तावित लाभांशमा २९ प्रतिशतले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ १।५२६३ प्रतिशतले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँ बराबरको नगद लाभांश रहेका छन् । प्रस्तावित लाभांश बैंकको वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन् ।
लाभांश र वार्षिक साधारण सभाको प्रयोजनका लागि बैंकले असोज १६ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकको असोज १५ गतेसम्म कायम शेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् । सभाले बैंकको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्ने जनाइएको छ ।

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया