सशस्त्रका हवल्दारलाई ठक्कर दिने बस र चालक नियन्त्रणमा

बैतडी । बैतडीमा सशस्त्र प्रहरी हवल्दारलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ हरिचन मोडमा बसले ठक्कर दिँदा पाटन–८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको थियो ।
उनी सशस्त्र प्रहरी बाजुरमा हवलदार पदमा कार्यरत रहेका थिए । बाजुराबाट घर आइरहेका महरा खोड्पेमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
धनगढीबाट दार्चुलातर्फ गएको बसले महरालाई ठक्कर दिएको थियो । बस र बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका–१ घर भएका जनकराज गिरीलाई खोचलेकबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
१ महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया