काठमाडौं महानगर र अभियन्ता ईं : बीच सहमति
फुटपाथ व्यापारीको जफत गरिएको सामान फिर्ता दिने, सातदिन भित्र तोकिएको स्थान खोजी गरी हाललाई पसल राख्न दिने

काठमाडौं । फुटपाथका ब्यापारीलाई विकल्पविना विस्थापित गरिएको भन्दै उभिएरै विरोध प्रदर्शनमा उत्रिएका अभिन्यता ईः र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ ।
ईंसँग महानगरपालिकाको सहमति जुटेको महानगरपालिकाका प्रवक्ता नविन मानान्धरले जानकारी दिए । कुरो मिल्यो, सहमति बनेको छ, उनले मेरोन्यूजसँग भने ।
मंगलबार नै सहमतिको प्रयास गरिएपनि अन्तिममा विथोलिएको थियो । मंगलबार भएको वार्तामा चार बुँदे सहमति पत्र तयार भएको थियो । तर, अन्तिम अर्थात चौथो बुँदामा कुरा नमिल्दा वार्ता विथोलिएको थियो ।
आज फेरि भएको छलफलपछि चौथो बुँदालाई थप संशोधन गरेर सहमति जुटाइएको हो । सहमति अनुसार फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने र ईः को आन्दोलन फिर्ता गर्ने सहमति भएको हो।

मंगलबार भएको सहमतिको पहिलो बुँदामा, ८ दिनदेखि राष्ट्रियसभा गृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र सहभागीका अन्यको स्वास्थ्य लाभको काम गर्दै प्रदर्शन स्थगित गर्ने भनिएको थियो ।
दोस्रोमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरको स्टोरमा भएसम्म यकिन गरेर सम्बन्धित धनीलाई फिर्ता गर्ने भनिएको थियो ।
तेस्रो बुँदामा, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउन सुझाव दिने गरी एउटा अध्ययन समिति बनाउने भनिएको थियो ।
समितिमा महानगरले तोकेका ३ जना, ईःका तर्फबाट दुई प्रतिनिधि, भौतिक तथा यातायात मन्त्रालयका एक प्रतिनिधि, शहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीबाट एकरएक जना प्रतिनिधि रहने भनिएको थियो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले आजै मात्र अभिन्यता ईंलाई खुलापत्र सामाकिज सन्जालमार्फत लेख्दै सहमतिमा आउन आग्रह गरेका थिए ।
उनले केपी ओली, गगन थापा लगायतले राजनीतिक बेइमानी गरिरहेको भन्दै अभिन्यता ईं लाई कसैबाट परिचालिन नभएको पनि बताएका थिए ।
बालेनले एउटा सूचनाको हक प्रयोग गरेर पत्र दिए पुग्ने ठाउँमा कठोर आन्दोलन गरेको वा संस्थागत बाटो नसमातेकोप्रति दुःख लागेको बताएका थिए ।


















दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया