ट्याक्टरको रोटाभेटरमा परी महोत्तरीमा दुई बालिकाको मृत्यु
मेरोन्यूज
२०८२ माघ २९ गते १९:२६

जलेश्वर (महोत्तरी) । महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरा गाउँमा आज ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु भएको छ ।
आज दिउँसो रोटाभेटरले काटेर स्थानीय इमरान राइनकी छोरी सात वर्षीया फरहाना खातुन र समतुल्लाह राइनकी छोरी आठ वर्षीया रफियाखातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।
ज१त ९७८२ नम्बरको ट्याक्टरमा बसाएर स्थानीय गरिब आलमको खेत खेत जोतिरहेका बेला अचानक दुवै बालिका रोटाभेटरमुनि खस्दा घाँटी काटिएर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता भट्टले बताए ।
सम्बन्धित


















श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया