माओवादी सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष बडुवालको दु:खान्त निधन
श्रीमती र छोरा बस दुर्घटनामा गुमे, आफू निमोनियाको उपचार नपाएर बिते

काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश)को दुखान्त निधन भएको छ । आफ्नै पार्टी सरकारको नेतृत्वमा रहँदासम्म उनले सहज उपचार पाउन नसक्दा जीवन गुमाउनु परेको छ ।
१० वर्षे जनयुद्दका क्रममा माओवादी युद्दमा सहभागी हुने क्रममा पक्राउ परेका उनी सुर्खेत जेल ब्रेक गरेर उम्किएका थिए । पछिल्लो समय उनी निमोनियाबाट पीडित थिए । तर उनको समयमै सहज उपचार सम्भब नहुँदा उनले मृत्युवरण गर्नु परेको छ ।
उनको परिवारमा यस्तो दुखान्तको संयोग रहेको छ की उनी आफै निमोनियाको उपचार नपाएर विते, उनका श्रीमती र छोरी भने बस दुर्घटनामा परेर ९ वर्ष अगाडी वितेका थिए ।
गत २०७१ साल असोज २० गते डोटीको कटकटे भन्ने स्थानमा भएको बस दुर्घटनामा परी बडुवालकी श्रीमती र एक छोराको मृत्यु भएको थियो । सो बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो । बडुवालको भने आज बिहान निधन भएको हो ।
माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा उनी डोटीमा खटिएका थिए । तर बडुवाल स्वास्थ्यमा समस्या आएपछि गृहजिल्ला कैलाली फर्किएर उनी सामान्य उपचारमा लागेका थिए ।
घरमै फर्केर उपचार गर्दा पनि स्वास्थ्य समस्या सहज नभएपछि थप उपचारका लागि उनी काठमाडौं आउन चाहेका थिए । तर उनलाई काठमाडौं ल्याउन नसकिएपछि थप उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।
निमोनियाले गलाउँदै लगेपछि उनी काठमाडौं आएर उपचार गराउन चाहान्थे । त्यसका लागि कैलालीबाट उनलाई नेपालगञ्ज एयरपोर्टसम्म ल्याइएको पनि थियो । तर निमोनियाले ग्रस्त उनलाई धेरै उचाईमा उडेको हवाईजहाजबाट काठमाडौं ल्याउँदा समस्या आउने हवाईजाहाजका कर्मचारीहरुले बाएपछि उनी त्यही अलपत्र परेका थिए ।
त्यसपछि उनी काठमाडौं आउन रोकिए । बस, एम्बुलेन्समा काठमाडौंसम्मको यात्रा गर्दा धेरै समय लाग्ने र विरामीलाई थप अप्ठ्यारो पर्ने देखेपछि माओवादीका स्थानीय नेता तथा परिवारले उनको उपचारको ब्यवस्थाका लागि सरकार गुहारे ।
आफ्नै पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकार र अझ गृहमन्त्रालय पनि आफ्नै पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश नै रहेकोले पनि पार्टी र परिवारले हेलिकप्टरबाटै भएपनि काठमाडौं ल्याउन र उपचार सहज बनाउन हारगुहार गरे । तर सहज ब्यवस्थापन हुन सकेन ।
‘हेलिकप्टरको व्यवस्था गरिदिन भनेर धेरै नेताहरुलाई भनियो, गृह मन्त्रालयमा पनि भनियो तर सबैले सामान्य रुपमा लिइदिए,’ बडुवालसँग निकट सम्वन्धमा रहेका पत्रकार दीपेन्द्र रावलले भने, ‘त्यसले गर्दा माओवादी केन्द्रले सुदूरपश्चिमको एकजना राम्रो नेता गुमायो ।’
बडुवाल सुदूरपश्चिममा जनसम्बन्ध राम्रो भएका नेताको रुपमा माओवादी पार्टीभित्र चिनिन्छन् । उनी २०६४ सालको संविधानसभा सदस्य भगतबहादुर बडुवालका भाइ हुन् । उनी परिवारका पाँच भाईमध्ये काइला हुन् । जनजागृत माध्यामिक विधालय ब्यवस्थापन समितिको समेत उनी अध्यक्ष भएर काम गरेका थिए ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया